Logo १० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026


पार्टी सुधारका लागि सभापतिलाई दबाब दिन्छु : सिंह


0
Shares

काठमाडौं, पुस १० । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसमा सुधारको खाँचो रहेको बताएका छन् ।

नेपाली कांग्रेस काठमाडौं महानगरपालिका वडा नम्बर–१० ले सोमबार राजधानीमा आयोजना गरेको ‘चियापान तथा भेटघाट’ कार्यक्रममा नेता सिंहले निर्वाचनमा कांग्रेसले कमजोर नतिजा ल्याएको भन्दै अब पार्टीमा सुधारको खाँचो रहेको बताए ।

‘कांग्रेसका शुभेच्छुक र कार्यकर्ताले पार्टीमा सुधारको आवश्यकता छ भनेर मलाई सुझाव दिइरहेका छन्, पार्टी सुधारका लागि सभापतिलाई दबाब दिन्छु’–नेता सिंहले भने ।

पार्टीका पूर्वमहामन्त्रीसमेत रहेका नेता सिंहले विधानअनुसार चल्न नसक्दा पार्टीले कमजोर नतिजा ल्याएको बताए ।

‘समानुपातिकमा प्राप्त मतले पनि कांग्रेसप्रतिको जनताको मोह घटेको छैन’–उनले भने ।

कांग्रेसले आफ्नो सरकारका पालामा गरेका राम्रा कामलाई प्रचार–प्रसार गर्न नसक्दा कमजोर नतिजा आएको उनको भनाइ थियो ।

उनले विकासप्रति जनताले नेताको मुखमात्र ताक्नुभन्दा पनि नेताहरुलाई दबाब दिनुपर्ने बताए । रासस