Logo १० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026


कुनैपनि हालतमा पार्टी एकता हुन्छ : श्रेष्ठ


0
Shares

पार्टी एकता गर्ने संकल्पअनुसार नै वाम गठबन्धनले जनतामा गएर मत मागेको र निर्वाचनबाट जनादेश प्राप्त भएकाले एकतामा दायाँबायाँ नहुने उनले बताए ।

प्रतिनिधिसभा प्रदेशसभा सदस्य निर्वाचनपछि पहिलोपटक गोरखा आएका नेता श्रेष्ठले सोमबार सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा गोरखा क्षेत्र नम्बर–२ का जनताको छनोटमा यसपटक आफू नपरे पनि आफूले स्वाभाविक मानेको बताए ।

नेता श्रेष्ठ वाम गठबन्धनले आयोजना गरेको चुनावी समीक्षा बैठकमा सहभागी हुन गोरखा आएका हुन् ।