१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


इलाममा मोतियाविन्दुको निःशुल्क शल्यक्रिया शिविर


0
Shares

विराटनगर आँखा अस्पतालको सहयोगमा नेपाल नेत्रज्योती संघ इलामले मोतियाविन्दु भएका बिरामीहरुका लागि सोमबारदेखि बुधबारसम्म इलामको सदरमुकाममा निःशुल्क शल्यक्रिया शिविर सुरु गरेको हो ।

यसअघि जिल्लाका सोयाक, शान्तिडाँडा, शाखेजुङ, पुवामझुवा, वरबोटे र सुम्बेकमा सन्चालन गरिएको आँखा परिक्षण तथा निःशुल्क शिविरमा मोतियाबिन्दु भएका बिरामीहरुको पहिचान गरी सदरमुकाम रेफर गरिएको थियो ।

सदरमुकाममा सन्चालित शिविरमा ती स्थानबाट रेफर गरिएको मोतियाविन्दुका बिरामीहरुको निःशुल्क शल्यक्रिया गरिने नेत्रज्योती संघ इलामका सचिव बिष्णु कार्कीले जानकारी दिए । शिविरमा बिराटनगर आँखा अस्पतालका डा.मनिष पाण्डेको नेतृत्वमा एक सयभन्दा बढि मोतियाविन्दुको शल्यक्रिया गर्ने लक्ष लिइएको सचिव कार्कीले बताए ।

नेत्रज्योती संघ इलामका सहसचिव प्रकाश भट्टराइका अनुसार सदरमुकामको शिविरसम्पन्न भएपछि जिल्लाको पूर्वी क्षेत्र सूर्याेदय नगरपालिकामा समेत निःशुल्क शिविर आयोजना गरिने छ ।

उमेर बढेसँगै वृद्धावस्थामा मोतियाविन्दुको समस्या देखिने डा.पाण्डेले वताए । उनले मोतियाविन्दुको निश्चित औषधिसमेत नभएकोले उपचारको उत्तम विकल्प शल्यक्रिया नै भएको बताए ।