Logo १० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026


प्रधानमन्त्रीले राजीनामा दिएर नैतिकता देखाउनुपर्नेमा बखेडा निकाले : नेपाल


0
Shares

संयुक्त वाम गठबन्धन काठमाडौं क्षेत्र नम्बर–२ ले सोमबार थलीमा आयोजना गरेको बधाइ तथा धन्यवाद ज्ञापन कार्यक्रममा प्रतिनिधिसभातर्फको समानुपातिक परिणाम सार्वजनिक गर्न आयोगले विलम्ब गर्न नहुने भन्दै उनले संक्रमणकालको अन्त्य गर्न चाँडो नयाँ सरकार गठन गर्नुपर्नेमा जोड दिए ।

पूर्वप्रधानमन्त्री नेपाले प्रत्यक्षतर्फको निर्वाचन परिणाम सार्वजनिक भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिएर नैतिकता देखाउनुपर्नेमा राष्ट्रियसभा गठनको बखेडा निकालेर अत्तो थाप्ने काम गरिरहेको आरोप लगाए ।

संविधानमा उल्लेख नै नभएको एकल संक्रमणीय प्रणालीलाई स्वीकार गर्न नसकिने बताउँदै उनले राष्ट्रियसभा बहुमतीय प्रणालीमा नै गठन गर्नुपर्नेमा जोड दिए ।

दुनियाँको जुनसुकै शक्ति लागेपनि एमाले र माओवादी केन्द्रबीचको एकता नरोकिने चर्चा गर्दै नेता नेपालले एउटै कम्युनिष्ट केन्द्रले मुलुकको विकास गर्ने भएकाले दुवै पार्टीका कार्यकर्तालाई बहकाऊ र भ्रममा नपर्न आग्रह गरे । रासस