
राष्ट्रपति चुनावमा नाभाल्नीलाई भाग लिन पुटिन सत्ताले प्रतिबन्ध लगाएपछि नाभाल्नी निर्वाचन नै बहिष्कार गर्न आम मतदातामा अपील गरेका हुन ।
भ्रष्टाचार मुद्दामा मुछिएको भन्दै नाभाल्नीलाई भाग लिन नदिइने त्यहाँको निर्वाचन आयोगले जनाएको छ ।
आगामी बर्ष हुने राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिने तयारी गरिरहेका नाभाल्नीलाई औपचारिक रुपमै प्रतिबन्ध लगाइएको हो ।
नाभाल्नीले भने आफूमाथि राजनीतिक षड्यन्त्र गरिएको आरोप लगाउँदै सत्यको पक्षमा सदैव रहने बताएका छन् ।
भ्रष्टाचारविरुद्ध अभियान चलाउँदै आएका नाभाल्नी रुसी राष्ट्रपति भ्लादिमीर पुटिनका लागि टाउको दुःखाईको विषय बनेको बताइएका बेला निर्वाचनमा उम्मेदवार बन्नै निर्वाचन आयोगले रोक लगाएको हो ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्