Logo १० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026


सरकार गठन र पार्टी एकताका बारे अध्यक्ष ओली र दाहालबीच आज छलफल हुँदै


0
Shares

चुनावपछि शीर्ष नेता सम्मलित पार्टी एकता संयोजन समितिको बैठक बस्न नसकेका सन्दर्भमा अब फेरि पहल थाल्न लागिएको हो ।

आज दिउँसो माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल चितवनबाट काठमाडौ आएलगत्तै एमाले अध्यक्ष केपी ओलीसँग छलफल हुने र त्यसपछि पार्टी एकता संयोजन समितिको बैठक बस्ने जनाइएको छ ।

दुई शीर्ष नेताहरुबीच भेटवार्ता हुने निश्चित भएपनि समय र स्थान निश्चित भएको छैन ।

भेटवार्तामा पार्टी एकीकरणको गृहकार्य, राष्ट्रिय सभा गठनको विवाद, नयाँ सरकार गठनका विषयमा छलफल हुने जनाइएको छ ।