
बासुदेव बर्मा
कपिलबस्तु पुस ३ । कपिलबस्तुको सदरमुकाम तौलिहवास्थित वडा प्रहरी कार्यालय नजिकै गएराति मोबाइल पसलमा चोरी भएको छ । राहुल टे«डर्स एण्ड इलेक्ट्रोनिक पसलबाट १ लाख रुपैयाँभन्दा बढीको मोबाइल चोरी भएको हो ।
राति सवा दुई बजेतिर सटरको ताला फोरेर विभिन्न १६ ब्राण्डका मोबाइल सेटहरु चोरी भएको पसल सञ्चालक गणेश कसौधनले बताए । उक्त पसल वडा प्रहरी कार्यालय, तौलिहवाबाट बढीमा ३ सय मिटरको दुरीमा छ ।
सदरमुकाम क्षेत्रमा दिन प्रतिदिन चोरीका घटना बढेको भन्दै व्यवसायीहरुले आक्रोश पोखेका छन् । चोरीका घटना बढेसँगै जिल्ला प्रहरी कार्यालयले जडान गरेको सिसी टिभी क्यामेरा समेत सुचारु नरहेका कारण व्यवसायीहरुले आपत्ति जनाउँदै स्थानीय प्रशासनको ध्यानाकर्षण गराएका छन् ।
बजारभित्र रहेका विभिन्न स्थानमा सिसी टिभी क्यामेराबाट चोरहरुको खोज तलास तथा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्