
डीबी विष्ट
बझाङ, पुस ३ । पोस्तोलसहित पक्राउ परेका प्यारु मिजारलाई जिल्ला प्रहरी कार्यालय बझाङले मंगलबार विहान सार्वजनिक गरेको छ ।
आइतबार पोस्तोलसहित रंगेहात पक्राउ परेका बझाङ जिल्लाको थलारा गाउँपालिका वडा नम्बर ६, पिखेत नुवाघरका अन्दाजी ५७ वर्षीय प्यारु मिजारलाई प्रहरीले सार्वजनिक गरेको हो ।
केही समय अघि भारतबाट आउँदा पेस्तोल ल्याएको भन्ने सूचना पाएपछि प्रहरीले गत आइतबार मिजारको घरमा छापा मारेको थियो । उनको घरमा पेस्तोल फेला परेपछि तत्कालै उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक प्रविण धितालले बताए ।
आफ्नो घरको दोस्रो तलामा आफु सुत्ने कोठाको पूर्व पट्टीको भित्तामा सामान राख्न बनाईएको ¥याकमा लुकाई छिपाई राखेको अवस्थामा कम्पनीको नाम, नम्बर नखुलेको कालो रंगको ९ ईन्च लम्बाई भएको तथा ग्रीपबाट ५ ईन्च उचाई भएको पेस्तोल फेला परेको प्रहरी नायब उपरीक्षक धितालले बताए ।
जिल्ला प्रहरी कार्यालयले यसबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्