१५ श्रावण २०८२, बिहिबार | Thu Jul 31 2025


भारतीय तस्करहरुद्वारा नेपाल प्रहरीमाथि आक्रमण, हतियार समेत लुटे


0
Shares

वीरगन्ज । भारतीय तस्करहरुले पर्साको जगरनाथपुरमा रहेको प्रहरी चौकीका प्रहरीहरुलाई कुटपिट गरेर हतियारसमेत लुटेका छन् ।

जगरनाथपुर गाउँपालिका–१ पाडेपुरमा रहेको प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक विसुनदेवा यादवलाई कुटपिट गरी भारतीय तस्करहरुले बन्दुक लुटेर लगेका हुन् ।

भारतीय तस्करको कुटाईबाट घाइते भएका यादवको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । उनलाई थप उपचारको लागि काठमाडौं ल्याइएको छ ।

उनीसँगै हवलदार प्रेमबहादुर राणा र प्रहरी जवान अर्जुन चौधरी पनि घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

सिमावर्ती पाडेपुर गाउँबाट हुने गरेको गरेका पेट्रोल र डिजेलको तस्करी रोक्न खोज्दा तस्करहरु प्रहरी माथी नै जाइलागेका थिए ।

दुईवटा मोटरसाइकलमा पेट्रोल र डिजेल लोड गरी भारतको इनर्वा बजार लग्ने समूहलाई नियन्त्रणमा लिन खोज्दा झडप भएको हो ।

घटनाका बारेमा अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।