२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


पुस २१ देखि जलविद्युत् मेला


0
Shares

स्वतन्त्र ऊर्जा उत्पादक संस्था, नेपाल (इपान)ले आयोजना गरेको तीनदिने यो स्तरको मेला पहिलोपटक हुन लागेको जनाएको छ ।

मेलामा स्वदेशीसहित विदेशी कम्पनीहरुको सहभागिता रहने इपानले जनाएको छ ।

हाइड्रोपावर निर्माता, हाइड्रोपावरका सामान उत्पादक, सप्लायर्स, लगानीकर्तासहितको सहभागिता रहने मेलामा करिब १०० स्टल रहने जनाएको छ ।

त्यसमध्ये ५० प्रतिशत स्टल विदेशी कम्पनीको हुने इपानका अध्यक्ष शैलेन्द्र गुरागाइँले बताए ।

मेलामा चीन, भारत, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, इटालीलगायत देशका कम्पनी एवं लगानीकर्ताको सहभागिता रहने इपानले जनाएको छ ।