ओली र दाहालबीच हिजै छलफल हुने भनिए पनि दुवै नेताको व्यस्तताका कारण हुन सकेको थिएन । तर आज दुई नेताबीच छलफलको तयारी भइरहेको बताइएको छ ।
दुई अध्यक्षबीच पार्टी एकता र सरकार गठनको विषयमा छलफल हुने छ । त्यसैगरी राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेशका विषयमा पनि छलफल गरी एउटा निष्कर्षमा पुग्ने सम्भावना रहेको बताइएको छ ।
यता, अध्यक्ष ओली र दाहालबीच पदको बाँडफाँटका विषयमा देखिएको चिसोपना अन्त्यका लागि युवा नेताहरुले दबाब अभियान सुरु थालेका छन् ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रका दोस्रो र तेस्रो तहका नेताहरुले दुवै नेताको मौनताले गम्भीर कुराको संकेत गरेको भन्दै वार्तामा बस्न र एकता प्रक्रियाबाट तलमाथि हुन नदिन सक्रियता बढाएका हुन् ।









प्रतिक्रिया दिनुहोस्