राप्रपाले आकस्मिक बैठक बोलायो • Image Khabar Image Khabar


राप्रपाले आकस्मिक बैठक बोलायो


Imagekhabar
१२ पुष २०७४, बुधबार १९:४७

राप्रपाले आकस्मिक बैठक बोलायो

पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा धुम्बाराहीमा बुधबार बसेको केन्द्रीय पदाधिकारीहरुको बैठकले फागुनको दोस्रो साता केन्द्रीय परिषद बैठक गर्ने निर्णय गरेको प्रवक्ता भुवन पाठकले जानकारी दिए ।

देशभरबाट १४१ केन्द्रीय सदस्य सहभागी हुने उक्त बैठकले वैचारिक, सांगठनिक दृष्टिकोणमाथि छलफल गरी भावी कार्यनीति तय गर्ने जनाइएको छ ।

बैठकले पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस पार्टीले विविध कार्यक्रम गरी मनाउने निर्णयसमेत गरेको छ ।

पुस १४ गते स्व. राजा वीरेन्द्रको बहुआयामिक व्यक्तित्वबारे काठमाडौंमा एक गोष्ठी पनि गरिने भएको छ । रासस

प्रतिक्रिया दिनुहोस्