वाम गठबन्धन र बाह्य सम्बन्ध ? (भिडियो) • Image Khabar Image Khabar


वाम गठबन्धन र बाह्य सम्बन्ध ? (भिडियो)


Imagekhabar
१२ पुष २०७४, बुधबार २१:०८

वाम गठबन्धन र बाह्य सम्बन्ध ? (भिडियो)

यो नियमिततामा ‘ब्रेक लगाउने’ उद्घोष गर्दै चुनावी अभियानमा जुटेको वाम गठबन्धन, नयाँ सरकार निर्माणको तयारीमा पुगेपछि उसको अबको कदम र उसप्रति छिमेकीको नजर कस्तो होला भन्ने कुरा अहिले चासोको विषय बनेको छ ।

नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनले आफ्नोे संयुक्त चुनावी घोषणापत्रमा विगतमा कायम रहेको बाह्य सम्बन्धप्रति कटाक्ष गर्दै स्वतन्त्र र सन्तुलित अन्तर्राष्ट्रिय सम्बन्धको वकालत गरेको छ ।

चुनावी नतिजा उसैको पक्षमा गएको छ । र, यो गठबन्धन सरकार निर्माणको सन्निकट पनि छ । यस क्षणमा अब उसले बाह्य सम्बन्ध त्यसमा पनि विशेषगरी दुई छिमेकीसँगको सम्बन्ध घोषणापत्रमा लेखिएजसरी नै सन्तुलित र सुमधुर बनाउन सक्ला त भन्ने जिज्ञासा बढेको छ ।

आमनिर्वाचनपछिको यात्रा नयाँ संविधान कार्यान्वयनको दिशामा महत्वपूर्ण कदम हो । यसले धेरै अवसरको ढोका खोलेको विश्वास गरिन्छ । यद्यपि, बाह्य सम्बन्धमा चुनौतीको यात्रा पनि यहीँबाट सुरु हुनेछ ।

पहिलो त भारतले संविधान बन्ने बेलामा त्यसलाई रोक्न देखिने गरी दबाब दियो । उसको चाहनाविपरीत संविधान जारी भएपछि त्यसलाई स्वागत गरेन, केवल ‘नोट’मामात्र लियो ।

नाकाबन्दी गरेर आक्रोशपूर्ण ढंगले असन्तुष्टि पोख्यो । उसको चाहनाविपरीत एमाले अध्यक्ष केपी शर्मा ओली त्यसपछि मुलुकको प्रधानमन्त्री बने । नेपाल–भारत सम्बन्ध अरु जटिल बन्यो ।

पछि दबाबमै नाकाबन्दी हट्यो । भारतमा ओलीको भव्य स्वागत पनि भयो । तर, सम्बन्ध सुमधुर भएन ।

तिनै ओली अब फेरि प्रधानमन्त्री बन्दा भारतले नेपाल नीतिबारे नयाँ सिराबाट सोच्ने छ या बदलाको भावनाले प्रस्तुत् हुनेछ भन्ने जिज्ञासा उठ्नु स्वाभाविक हो ।

नेपालमा वाम गठबन्धनको जितलाई कतिपय भारतीय सन्चारमाध्यम र नेपाल मामिला विज्ञहरुले भारतको नेपाल नीतिको हारकोरुपमासमेत व्याख्या गरिरहेको बेला नेपालका बाह्य सम्बन्ध विज्ञहरुले भने यसलाई नयाँ अवसरकारुपमा पनि हेर्नसकिने विश्लेषण गरेका छन् ।

अर्कोतर्फ नेपालको स्थिरता र विकासमा सहयोगीकोरुपमा देखिन रुचाउँदै आएको चीन पछिल्लो समय नेपालको आन्तरिक मामिलामा अलि बढी खुलेको सन्दर्भ पनि विश्लेषणको अर्को पाटो बन्ने देखिन्छ ।

भारत र चीनमात्र हैन, अमेरिकालगायतका युरोपेली मुलुकहरुसँगको सम्बन्ध पनि वाम गठबन्धनको सरकारका लागि सजिलो नहुन सक्छ । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्)

 

प्रतिक्रिया दिनुहोस्