२९ जेष्ठ २०८२, बिहिबार | Thu Jun 12 2025


रुसको एक सुपरमार्केटमा विस्फोट, १० जना घाइते


0
Shares

सेन्ट पिटर्सबर्गस्थित पेरेक्रेस्तोक सुपरमार्केटको ब्यागहरु राख्ने लकर रहेको ठाउँमा विस्फोट भएको बताइएको छ । विस्फोटमा घाइते भएकामध्ये एक जनाको अवस्था गम्भीर रहेको सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

घटनामा रिमोट कन्ट्रोलबाट सञ्चालित आधुनिक विष्फोटक पदार्थ प्रयोग गरिएको बुझिएको छ । घटनाका विषयमा अनुसन्धान भइरहेको छ भने आतंकवादी संलग्नता समेत नकार्न नसकिने अधिकारीहरुले बताएका छन् ।

यसअघि अमेरिकी गुप्तचर निकाय एफबिआईको सूचनाका आधारमा रुसी अधिकारीहरुले एउटा आतंकवादी विष्फोटको योजना बिफल पारेको दावी गरेका थिए । (एजेन्सी)