१५ श्रावण २०८२, बिहिबार | Thu Jul 31 2025


होटलमा रक्सी किन्ने विषयमा विवाद हुँदा छुरा प्रहारबाट एक भारतीयको मृत्यु


0
Shares

गुरुङलाई गएराति सोही होटलका कर्मचारी काठमाडौं महानगरपालिका–६ बौद्ध रामहिटी बस्ने २९ वर्षीय डोनी शेर्पाले रक्सी किन्ने बिषयमा झगडा हुँदा चक्कु प्रहार गरेका थिए । चक्कु प्रहारबाट गम्भीर घाइते भएका गुरुङलाई उपचारको लागि काठमाडौं मेडिकल कलेज अस्पताल सिनामंगल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।

चक्कु प्रहार गर्ने डोनीलाई प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।