२९ जेष्ठ २०८२, बिहिबार | Thu Jun 12 2025


बालबालिका युद्धको शिकार बन्दै गएकोमा युनिसेफद्वारा विश्वका सरकारहरुको ध्यानाकर्षण


0
Shares

युनिसेफका प्रमुख म्यानुएल फोनतेनेले युद्धग्रस्त मुलुकमा बालबालिकालाई घर, विद्यालय र खेल मैदानमा रहकैबेला शिकार बनाउने गरिएको उल्लेख गरे । अफ्रिकी मुलुकका बालबालिका बलात्कार र अपहरणको शिकार हुने गरेको भन्दै यसले निकट भविष्यमा बिकराल रुप लिने उनले औंल्याए ।

दक्षिणी सुडानमा १९ हजार बालबालिका सेनामा भर्ती गरिएको र उनीहरुको अवस्था नाजुक भएको पनि उल्लेख छ । यमनको संघर्षमा ५ हजार बालबालिका मारिएका छन् भने म्यानमारमा सेना र रोहिंग्या मुश्लिमको दंगामा १५ हजार बालबालिका खाना र पढाईबाट बन्चित रहेको उल्लेख गरिएको छ ।

सिरियामा हजारौं बालबालिका भोकमरीको शिकार बनेका छन् । केही निजी तथा सरकारी संस्थाले बालबालिकाको हितका लागि काम गरे पनि यो प्रभावकारी हुन नसकेको युनिसेफको भनाइ छ ।