झापामा जंगली च्याउ खाँदा ६ जना बिरामी • Image Khabar Image Khabar


झापामा जंगली च्याउ खाँदा ६ जना बिरामी


Imagekhabar
१४ असार २०७५, बिहीबार २१:५३

झापामा जंगली च्याउ खाँदा ६ जना बिरामी

रविन भट्टराई

बिर्तामोड, असार १५ । झापाको मेचीनगरमा जंगली च्याउ खाँदा ६ जना बिरामी भएका छन् ।

मेचीनगर नगरपालिका–१४ दुवागडीमा जंगलबाट टिपेर ल्याएको च्याउ पकाएर खाँदा सोही स्थानका प्रेम किशानदर्जी, उनकी पत्नी सुशीला दर्जीसहित उनीहरुका तीन र दुई वर्षीय छोरा, ज्वाई प्रकाश दर्जी र आमा लिलामाया दर्जी बिरामी परेको प्रहरीले बताएको छ ।

बिरामीपरेका सबैको मेची अञ्चल अस्पताल भद्रपुरमा उपचार भईरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्