१५ श्रावण २०८२, बिहिबार | Thu Jul 31 2025


‘ओभरलोड’ गरेका १२ ट्रक र चालक नियन्त्रणमा


0
Shares

बारा, पुस २ । प्रदेश नम्बर–२ को ट्राफिक प्रहरी कार्यालय पथलैया, बाराले ‘ओभरलोड’ गरेका १२ ओटा ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ ।

ओभरलोड बोकेर चितवन जान लागेका ती ट्रकहरुलाई ट्राफिक प्रहरीले सोमबार नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका ट्रकहरुले तोकिएको परिमाणभन्दा ६ देखि ९ टनसम्म बढी भार बोकेका थिए ।

नियन्त्रणमा लिइएका ट्रकहरुलाई कारबाहीका लागि पर्साको वीरगन्जस्थित नारायणी यातायात व्यवस्था कार्यालय पठाइएको छ ।