३२ असार २०८२, बुधबार | Wed Jul 16 2025


नेप्से १० अंक बढीले ओरालो


0
Shares

यसदिन पनि उतार–चढावबीच बजार परिसूचक नेप्से १० अंक बढीले ओरालो लागेर १४ सय १४ मा आएर थामियो । बढीजसो समूह रातो रहेसँगै नेप्से ओरालो लागेको हो ।

होटल, व्यापार र अन्य समूह हरियो रहे भने अरु रातो रहे । वाणिज्य बैंक र विकास बैंक समूहमा दोहोरो अंकको गिरावट आयो भने अरु सामान्य अंकले ऋणात्मक रहे ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १६२ कम्पनीका १८ लाख ६२ हजार कित्ता सेयर ८२ करोड रुपैयाँ बराबरमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।