Logo ६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026


भारतद्वारा ‘सुपरसोनिक इन्टरसेप्टर मिसाइल’को सफल परीक्षण


0
Shares

स्वदेशी प्रविधिमा निर्माण गरिएको अत्याधुनिक हवाई प्रतिरक्षा प्रणालीअन्तर्गत निर्माण भएको ‘एडभान्स्ड एअर डिफेन्स सुपरसोनिक इन्टरसेप्टर मिसाइल’ (आधुनिक हवाइ प्रतिरक्षात्मक पराध्वनिक अवरोधक क्षेप्यास्त्र)ले जमिनबाट ३५ किलोमिटरको उचाइमा आक्रमण गर्न सकिने भारतीय रक्षा मन्त्रालय स्रोतले जनाएको छ ।

‘परीक्षण उडानको अवस्थामा प्रतिरोध गर्न चाहिने विविध मापदन्डको परीक्षणका लागि रहेको थियो र परीक्षण विल्कुलै सफल भएको छ,’ स्रोतले परीक्षणपछि जनायो ।

भारतले सन् २०१७ मा गरेको यो तेस्रो पराध्वनिक प्रतिरोधक क्षेप्यास्त्र परीक्षण हो । यस पहिले भारतले गत जनवरी र मार्चमा यस किसिमको क्षेप्यास्त्रको परीक्षण गरेको थियो । (रासस/सिन्ह्वा)