१५ श्रावण २०८२, बिहिबार | Thu Jul 31 2025


चोरीका सामानसहित पाँचजना पक्राउ


0
Shares

काठमाडौं, पुस २ । महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेले विभिन्न स्थानबाट चोरी भएका सामानसहित पाँचजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सकर साह, मुकेश पोदार, निक परवरिन लामा, हरिश्चन्द्र साह र शिव विष्ट छन् ।

उनीहरुको साथबाट एउटा मोटरसाइकल, केही सुन र १९ तोला चाँदीका गरगहना, एउटा साइकल, चारथान ल्यापटप र १८ ओटा मोबाइल बरामद गरिएको छ ।

प्रहरीले आफ्नो सामानको प्रमाणसहित वृत्तमा आउन सर्वसाधरणमा आग्रहसमेत गरेको छ ।