१५ श्रावण २०८२, बिहिबार | Thu Jul 31 2025


स्कुटी चोरी गरिरहेको अवस्थामा राजधानीको जडिबुटीबाट एकजना पक्राउ


0
Shares

प्रहरीका अनुसार डान्सबार अगाडि पार्किङ गरिरहेको अवस्थामा बा५०प १७७ नम्बरको स्कुटर चोरी गर्दै गरेको अवस्थामा ओखलढुंगा घर भइ हाल बौद्ध बस्ने वर्ष २० का दाबा शेर्पालाई पक्राउ गरिएको हो ।

योसँगै विगत २४ घण्टामा उपत्यकाबाट एक सय दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौंबाट ९१, ललितपुरबाट ९ र भक्तपुरबाट २ जनालाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले जनाएको छ ।

शंकास्पद गतिविधिमा संलग्न, झै–झगडा, मादक पदार्थ सेवन गरी हो–हल्ला गरेकोलगायतका कसुरमा उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।