
लामो समय डोकलाममा चीन र भारतका सेनाबीच द्वन्द्व चलेको स्मरण गर्दै चीनले आगामी दिनमा त्यस प्रकारका गतिविधि नदोहोर्याउन भारतलाई चेतावनी दिएको हो ।
चीनका रक्षा प्रवक्ता कर्णेल रेन गुआछियाङ्गले सन् २०१७ मा चीनले केही गम्भीर समस्यालाई सुझबुझपूर्ण ढंगले समाधान गरेको उल्लेख गर्दै तीमध्ये डोकलाम विवाद पनि एक रहेको बताए ।
उनले दक्षिण चीन सागरमा चिनियाँ हितको रक्षामा पनि उल्लेखनीय भूमिका निर्वाह गरिएको बताए ।
चिनियाँ रक्षा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनलाई सोधिएको थियो– चीनको सेना सन् २०१८ मा भारतीय सेनासँग आफ्नो सम्बन्ध कसरी अघि बढाउँछ ?
जवाफमा उनले भने, ‘भारतीय पक्ष सीमा मुद्दाबारे दुई पक्षबीच भएको प्रासंगिक सम्झौताअनुसार नै अघि बढ्छ भन्ने हामीले आशा गरेका छौं, आफ्नो सीमामा सुरक्षाकर्मीलाई नियन्त्रणमा राख्नेछ र चीन–भारत सैन्य सम्बन्धलाई सकारात्मक विकासका लागि प्रयोग गर्नेछ ।’
उनले विगतका घटनाबाट भारतले पाठ सिक्नुपर्ने प्रष्ट पारे । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्