३० जेष्ठ २०८२, शुक्रबार | Fri Jun 13 2025


रुसका राष्ट्रपति भ्लादिमिर पुटिनद्वारा अर्को कार्यकालका लागि उम्मेदवारी


0
Shares

आउँदो वर्ष हुने राष्ट्रपतीय निर्वाचनमा प्रतिस्पर्धाका लागि उम्मेदवारी दर्ता गर्न उनी आफैं निर्वाचन कार्यालय पुगेका थिए । पुटिनको उम्मेदवारीलाई देशका धेरै राजनीतिज्ञ, सार्वजनिक ख्यातिप्राप्त व्यक्ति र खेल क्षेत्रका अगुवाको पनि समर्थन रहेको दावी गरिएको छ ।

पूर्व सोभियत संघमा जोसेफ स्टालिनले सबैभन्दा धेरै समय शासन गरेका थिए भने त्यसपछि बढी समय शासन गर्ने व्यक्ति पुटिन नै हुन् । ६५ वर्षीय पुटिनले अहिलेको निर्वाचन पनि जितेमा सन् २०२४ सम्म राष्ट्रपति बन्न पाउनेछन् ।

एकपछि अर्को गर्दै आफ्ना विपक्षीलाई विभिन्न बहानामा सकाउँदै आएका पुटिनमाथि अहिले पनि राष्ट्रपति बन्ने बाटोमा चुनौती दिनसक्ने विपक्षी नेता एलेक्सी नाभाल्नीलाई भ्रष्टाचारको बहानामा उम्मेदवार बन्न रोकिएको आरोप लागिसकेको छ ।

यद्यपि, पुटिनको उम्मेदवारीमा ख्यातिप्राप्त व्यक्ति, राजनीतिज्ञ र खेल क्षेत्रका अगुवाहरु गरी झन्डै ६ सय जनाले एकै ठाउँमा भेला भएर समर्थन जनाएका थिए । (एजेन्सी)