६ जेष्ठ २०८२, मंगलबार | Wed May 21 2025


एनआरटीलाई हराउँदै हिमालयन शेर्पा छैटौं स्थानमा उक्लियो


0
Shares

काठमाडौं, पुस २ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सोमबारदेखि नवौं चरणका खेलहरु सुरु भएका छन् ।

नवौं चरणको पहिलो खेलमा हिमालयन शेर्पा क्लबले न्यूरोड टिम (एनआरटी) लाई १–० ले हरायो ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफको अन्तिम मिनेटमा विश्वास श्रेष्ठले गरेको गोल नै हिमालयन शेर्पालाई विजयी गराउन पर्याप्त बन्यो ।

जितसँगै हिमालयन शेर्पा क्लब ९ खेलबाट १४ अंक जोड्दै लिग तालिकाको छैटौं स्थानमा उक्लिएको छ ।

जारी लिगमा एनआरटीको भने यो लगातार आठौं पराजय हो ।

खेलको ‘म्यान अफ दी म्याच’ हिमालयन शेर्पाका त्रिदेव गुरुङ घोषित भए । उनले १० हजार रुपैयाँ पाए ।