३० जेष्ठ २०८२, शुक्रबार | Fri Jun 13 2025


इजिप्टको चर्चमा आक्रमण हुँदा २ प्रहरीसहित ४ जनाको मृत्यु


0
Shares

कायरोको दक्षिणी क्षेत्र हेलवानस्थित मार मिना चर्चमा शुक्रबार अज्ञात बन्दुकधारीले गोली चलाउँदा दुईजना प्रहरी अधिकृतसहित कम्तिमा चारजना मारिएका हुन् ।

स्थानीय सन्चारमाध्यमअनुसार गृहमन्त्रालयले उक्त आक्रमणमा दुईजना प्रहरी अधिकृत र एकजना सर्वसाधारणलाई अज्ञात बन्दुकधारीले गोली हानि मारेपछि ती आक्रामणकारी पनि प्रहरीको जवाफी कारबाहीमा मारिएको जनाएको छ ।

प्रहरीले आक्रमणकारीमध्ये एकजना भाग्न सफल भएकोले खोजिकार्य तीब्र पारिएको बताएका छन् ।

गोली प्रहारपछि चर्चमा रहेका धर्मावलम्बीहरुमा भागदौड मच्चिएको थियो । घटना कस्ले गराएको हो भन्ने खुलेको छैन । घटनालगत्तै सुरक्षा ब्यवस्था कडा पारी घटनाबारे अनुसन्धान भैरहेको स्थानीय प्रहरी अधिकारीले बताएका छन् । एजेन्सी