Logo १० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026


अध्यादेशको विषयवस्तुमा आपत्ति छ : नेपाल


0
Shares

एमाले पेसागत जिल्ला कमिटी काठमाडौंले शुक्रबार राजधानीमा आयोजना गरेको बधाइ तथा सम्मान कार्यक्रममा नेता नेपालले मुलुकमा दलहरुबीच समझदारीको राजनीतिलाई कायम गर्न एमालेले भूमिका निर्वाह गरेको बताउँदै नेपाली कांग्रेसले जनमतको कदर गर्न सामान्य नैतिकता पनि देखाउन नसकेको विचार व्यक्त गरे ।

उनले निर्वाचन आयोगले पनि प्रतिनिधिसभातर्फको समानुपातिक मतपरिणाम सार्वजनिक नगरेर अन्योलको वातावरण सिर्जना गरेको आरोप लगाए ।

नेता नेपालले एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकताबाहेक अन्य विकल्प नरहेको बताउँदै जनतासँग गरिएको बाचा पूरा गर्न एकताको प्रक्रियालाई बहस र छलफलको माध्यमबाट टुंगो लगाइने बताए ।

नयाँ बन्ने सरकारले भ्रष्टाचारलाई शून्य सहनशीलताको सिद्धान्त बनाइ कामगर्ने उनको भनाइ थियो । रासस