
देशका प्रमुख शहरहरुमा फैलिएको प्रदर्शनको शुरुवात बढ्दो महँगीका विरोधमा भएको थियो । अब यो मुस्लिम धार्मिक नेताको शासनविरुद्ध केन्द्रित देखिएको छ ।
राजधानी तेहरानबाट प्रदर्शनमा संलग्न थुप्रैंलाई पक्राउ गरिएको छ । सन् २००९ मा भएको विवादास्पद निर्वाचनपछि यो नै ठूलो प्रदर्शन भएको बताइएको छ ।
सरकारले भने अवैध ढंगले भेला हुन नपाइने भन्दै आदेश जारी गरेको छ । यद्यपि, सामाजिक सञ्जालबाट प्रदर्शनमा जुटन अपील गरिएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्