१५ श्रावण २०८२, बिहिबार | Thu Jul 31 2025


१० किलो चरेससहित नेपाली युवक भारतमा पक्राउ


0
Shares

मनिष गुप्ता

कपिलवस्तु, पुस २ । छिमेकी राष्ट्र भारतको सिद्धार्थनगर जिल्लमा १० किलो चरेससहित नेपाली युवक पक्राउ परेका छन् ।

एसएसबीका जवानहरुले गस्ती गर्ने क्रममा आईतबार दिउँसो विशेष सूचनाको आधारमा महादेव बुजुर्ग रेलवे स्टेशनमा चेकजाँच गर्दा झोलाबाट १० किलो चरेस बरामद भएको जनाइएको छ ।

बरामद चरेसको अनुमानित मूल्य अन्तर्राष्ट्रीय बजारमा २ करोड़ रुपैयाँ पर्ने जनाईएको छ । भारतीय अधिकारीहरुका अनुसार पक्राउ परेका व्यक्तिले आफ्नो नाम सोमदत्त कोहार र ठेगाना कृष्णनगर नगरपालिका–५ डबरा बताएका छन् ।