२ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025


जीन्दगीमा माया दिन नसक्नेहरुको कथामा नायिका रिमा विश्वकर्मा (भिडियो)


0
Shares

कुनै समयको अत्याधिक चर्चित यो गीत पुनः नयाँ साजसज्जाका साथ सार्वजनिक भए लगत्तै गीतले राम्रो चर्चा परिचर्चा पाएको छ ।

हालै मात्र युट्युबमा सार्वजनिक गरिएको गीतमा सुन्दरी नायिका तथा मोडल रिमा विश्वकर्मा र रन्जन रिजालले जीवन्त अभिनय गरेका छन् ।

एउटा पुरुष जसले जिन्दगीमा अरु सबै थोक पायो । पाएन त केवल माया मुख्य सार बोकेको यो गीतले माया गर्ने र जीवनमा धोका पाउनेहरु सबैको कथा बोकेको छ ।

जसलाई चर्चित गतिकार अरुण तिवारीले शृजना गरेका हुन् ।

नागेन्द्र श्रेष्ठको स्वर तथा टीका भण्डारीको सङ्गीत अनि सन्दीप कार्कीको साउन्ड डिजाइन रहेको गीतलाई अमृत सुनुवारको निर्देशन गरेका हुन् ।

जुन गीतले युट्युबमा सार्वजनिक भए लगत्तै राम्रो प्रतिक्रिया बटुलीरहेको छ ।

(भिडियो)