२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


धादिङको जोगिमारामा ट्यांकर र जिप ठोक्किए, एकको मृत्यु, तीनजना घाइते


0
Shares

मृत्यु हुनेमा सिराहाको मिर्चैयाका ५३ वर्षीय रामबाबु साह रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले जनाएको छ ।

दुर्घटनामा घाइतेमध्ये शोभादेवी साह र राजकिशोर साहको अवस्था गम्भीर छ । उनीहरुलाई उपचारका लागि काठमाडौं पठाइएको छ ।

काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको ना६ख ००९४ नम्बरको ट्यांकर र विपरीत दिशाबाट आउँदै गरेको बा१४च ६६६८ नम्बरको जिप आपसमा ठक्कर खाँदा दुर्घटना भएको हो ।

दुवै सवारीका चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।