
उनीहरुले टुँडिखेलमा विशेष कार्यक्रम गरी पुरानो वर्षको बिदाइ र नयाँवर्षको स्वागत गरेर ल्होसार पर्व मनाएका हुन् ।
कार्यक्रममा सामूहिक भोज खानुका साथै विभिन्न साँस्कृतिक कार्यक्रमसमेत गरिएको थियो ।
‘ल्हो’को अर्थ वर्ष र ‘सार’को अर्थ नयाँ हो । पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यो पर्वको महत्व रहेको गुरुङ समुदायका अगुवाहरुको भनाइ छ ।
गुरुङ समुदायले मनाएको तमु ल्होसार पर्वको उद्घाटन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा टुँडिखेलमा पुगेका थिए ।
उनले संक्षिप्त मन्तव्य राख्दै नेपालमा विभिन्न जातजातिले मनाउने चाडपर्वले विश्वमै नेपालीहरुको पहिचान बनाउन सहयोग पुग्ने बताए ।
नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, नेकपा एमालेका नेता पार्वत गुरुङ, नेपाली कांग्रेसकी नेत्री सीता गुरुङलगायतले कार्यक्रममै सहभागी भएर शुभकामना दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्