
राष्ट्रिय प्रजातन्त्र पार्टीले शनिबार नेपालगन्जमा गरेको पत्रकार सम्मेलनमा उनले सोमबार बस्ने मन्त्रिपरिषदको बैठकले राष्ट्रियसभा निर्वाचनको मिति घोषणा गर्ने बताएका हुन् ।
राष्ट्रियसभा निर्वाचनपछि नयाँ सरकार निर्माण हुने उनको भनाइ थियो ।
राप्रपाका अध्यक्षसमेत रहेका थापाले प्रदेशप्रमुख र प्रदेशका राजधानी पनि छिट्टै तोकिने जानकारी दिए ।
राजनीतिक सहमति जुटाएर सरकारले प्रदेशका राजधानी तोक्ने तयारी गरिरहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्