काठमाडौं । लेभान्तेलाई ५–० ले हराउँदै बार्सीलोनाले स्पेनिस ला लिगाको अग्रतालाई निरन्तरता दिएको छ ।
गएराती भएको खेलमा बार्सालाई विजयी गराउन अर्जेन्टेनी खेलाडी लियोनल मेस्सीले ह्याट्रिक गरे । ला लिगामा किर्तीमानी खेलाडी मेस्सीको यो ३१ औं ह्याट्रिक हो ।
गएराती बार्साका लागि लुइस सुवारेज र जेरार्ड पिकेले एक एक गोल थपे ।
गएरातीको जितपछि बार्सिलोनाले दोस्रो स्थानमा रहेको सेभियासँग तीन अंकको दूरी बनाएको छ । बार्सिलोनाको ३४ अंक छ भने सेभियाको ३१ अंक छ ।








प्रतिक्रिया दिनुहोस्