चीनको प्रगतिले विश्वका जनता लाभान्वित हुन्छन्ः बिजुक्छे « Image Khabar


चीनको प्रगतिले विश्वका जनता लाभान्वित हुन्छन्ः बिजुक्छे


Imagekhabar
१६ पुष २०७४, आईतवार १३:११

नेपाल प्राध्यापक समाजले यहाँ आयोजना गरेको ‘समाजवादी आन्दोलनको विगत र वर्तमान’ विषयको प्रवचन कार्यक्रममा उनले संयुक्त राष्ट्र संघले प्रजग कोरियामाथि झन् कडा नाकाबन्दी लगाएकामा विरोध गर्दै तेल ढुवानीसमेत प्रतिबन्ध लगाउनाले युद्धको खतरा बढेको बताए ।

रुसी कम्युनिष्ट नेता स्टालिन र चिनियाँ कम्युनिष्ट क्रान्तिका नेता माओत्सेतुङको जन्म दिवस र क्युबाली स्वतन्त्रता दिवसका अवसरमा आयोजित उक्त कार्यक्रममा बिजुक्छेले इजरायलको राजधानी जेरुसेलम बनाउन विशेषाधिकार प्रयोग गरेका कारण भीडन्त अझ चर्किने बताए ।

कार्यक्रममा नेमकिपाका केन्द्रीय सचिव एवं नवनिर्वाचित सांसद प्रेम सुवालले नेकपा (एमाले) नेपाली काँग्रेसकै बाटामा हिँडेकाले क्रान्तिकारी हुन नसक्ने बताए ।

नेपाल क्रान्तिकारी सांस्कृतिक संघका केन्द्रीय अध्यक्ष एवं प्रदेशसभाका नवनिर्वाचित सांसद सुरेन्द्रराज गोसार्इंले माओको क्रान्तिको जगमा टेकेको चीनको प्रगतिले विश्वका जनता लाभान्वित हुने आशा व्यक्त गरे ।

कार्यक्रममा समाजका अध्यक्ष सरोजराज गोसार्इं र उपाध्यक्ष प्रकाशकुमार श्रेष्ठ तथा सदस्य चक्रबहादुर चाकतु र सुजन माकले समाजवादी क्रान्तिको महत्वमाथि प्रकाश पारेका थिए । रासस

प्रतिक्रिया दिनुहोस्