१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ : सापकोटा


0
Shares

रफत सञ्चार क्लबमा आइतबार आयोजित कार्यक्रममा सापकोटाले बाम गठबन्धनलाई नयाँ जनमत प्राप्त भएकाले देउवाले ‘कुर्सी मोह’ देखाईरहनुको अर्थ नरहेको बताए ।

निर्वाचनपछि पनि सरकारले मनपरी गरिरहेको भन्दै उनले नयाँ सरकारले एक एक हिसाब खोज्ने चेतावनीसमेत दिए । चर्चामा आएजस्तो आलोपालो सरकार चलाउने नभई दुई शीर्ष नेतामध्ये एउटाले सरकार र अर्कोले पार्टीको नेतृत्व गर्ने उनले प्रष्ट पारे ।

राष्ट्रपतिले राष्ट्रिय सभा विधेयक पारित गरिसकेकाले अब निर्वाचन आयोगले फास्ट ट्रयाकबाट राष्ट्रिय सभा गठनको प्रक्रिया अघि बढाउनु पर्नेमा सापकोटाको जोड थियो ।