१ जेष्ठ २०८२, बिहिबार | Fri May 16 2025


रुकुमका स्वास्थ्य चौकीमा नि:शुल्क औषधिको अभाव


0
Shares

नेपाल सरकारले ७० प्रकारका औषधि  नि:शुल्क पाइने घोषणा गरे पनि रुकुममा थोरै औषधिमात्र पाइने गरेको छ ।

नेपाल सरकार, स्थानीय तह र स्वास्थ्य संस्थाले समयमै औषधि उपलब्ध नगराउँदा स्वाथ्यकर्मीलाई उपचार गर्न र बिरामीलाई औषधि किन्न गाह्रो भएको हो ।

त्रिवेणी गाउँपालिकामा अवस्थित सिम्रुतु स्वाथ्य चौकीमा औषधिको अभाव देखिएको छ । पर्याप्त मात्रामा औषधि नहुँदा बिरामीलाई उपचार गर्न कठिनाई भएको स्वास्थ्यचौकीका इन्चार्ज भिमबहादुर चन्दले बताए ।

उक्त स्वाथ्य चौकीमा औषधि अभाव हुनुका साथै दक्ष जनशक्ति, भौतिक पूर्वाधार र ल्याब मेसिनसमेत नहुँदा उपचार गर्न कठिनाई भएको हो । स्वास्थ्य चौकीमा औषधि नपाएपछि उपचारका लागि आएका बिरामीहरुले निजि मेडिकलमा जान बाध्य भएको गुनासो गरेका छन् ।

समयमै औषधि र स्वाथ्य सस्ंथामा ल्याब मेसिनहरुको व्यवस्था गरिदिन बिरामी र स्वास्थ्यकर्मीहरुले माग गरेका छन् ।