नकारात्मक टिकाटिप्पणीप्रति नेपाल इन्भेष्टर्स फोरमको आपत्ति « Image Khabar


नकारात्मक टिकाटिप्पणीप्रति नेपाल इन्भेष्टर्स फोरमको आपत्ति


Imagekhabar
१६ पुष २०७४, आईतवार २०:२२

नकारात्मक टिकाटिप्पणी गरेर पुँजीबजारलाई धराशायी बनाउने काम भइरहेको भन्दै फोरमले आपत्ति जनाएको हो । साथै फोरमले सर्वसाधारण लगानीकर्ताहरुलाई यस्ता भ्रमको पछि नलागी विवेकपूर्ण ढंगले लगानीको निर्णय गर्न पनि आग्रह गरेको छ ।

सर्वसाधारणको लगानी डुबाउने भ्रमपूर्ण तथा तथ्यहीन त्यस्ता टिकाटिप्पणी प्रकाशन, प्रसारण र प्रवाह गम्भीर अपराध भएकोले त्यस्तो पक्षलाई कडा कारवाही गर्न पनि फोरमले सम्वन्धित निकायहरुलाई आग्रह गरेको छ ।

फोरमको प्रतिनिधिमण्डल र नेपाल बैंकर्स एसोसिएसनका पदाधिकारीहरु बीच आइतबार सेयर बजार निरन्तर ओरालो लागिरहेको सन्दर्भमा छलफल भएको पनि जनाइएको छ । छलफलमा बैंकहरुलाई ब्रोकर लाईसेन्स, मार्जिन कर्जा र मार्जिन कल, मार्जिन कर्जाको ब्याजदर, हकप्रद र बोनसमा मार्जिन गणना गर्ने विधि, वित्त र धितोपत्र बजारका समस्या समाधानमा सहकार्य गर्ने बिषयमा ध्यानाकर्षण गरिएको फोरमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्