३० जेष्ठ २०८२, शुक्रबार | Fri Jun 13 2025


अमेरिकास्थित प्यालेस्टाइन राजदूत फिर्ता बोलाइयो


0
Shares

अमेरिकाले जेरुसेलमलाई इजरायलको राजधानीको मान्यता दिएपछि प्यालेस्टाइनले राजदूत फिर्ता बोलाएको हो ।

प्यालेस्टायनी विदेश मन्त्री रियाद अल मलिकीले राजदूत हुसम जोमलोटसँग परामर्श गर्नुपर्ने भएकाले अमेरिकाबाट फिर्ता बोलाइएको बताएका छन् ।

प्यालेस्टाइनका राष्ट्रपति मेहमुद अब्बासले अमेरिकाले जेरुसेलमलाई इजरायलको राजधानीको मान्यता दिएपछि उसका कुनै पनि शान्ति योजनालाई स्वीकार नगर्ने बताएका छन् ।

तर संयुक्त राष्ट्र संघले भने अमेरिकाको निर्णयलाई अस्वीकार गरिदिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणापछि गाजापट्टीमा भएका कयौं झडपमा १३ जना प्यालेस्टाइनीको मृत्यु भएको थियो ।

इजरायली सुरक्षा फौजसँग भएको झडपका क्रममा उनीहरुको मृत्यु भएको थियो ।(एजेन्सी)