Logo १७ असार २०८३, बुधबार | Thu Jul 2 2026


उद्यमशीलता सम्बन्धी सम्मेलन हुँदै


0
Shares

काठमाडौं, पुस १ । देशमा उद्यमशीलताको विकासका लागि सम्मेलन आयोजना गरिने भएको छ । 

देशमा व्यापार व्यवसाय सुरु गर्न चाहनेलाई लक्षित गरी आगामी शनिबार सम्मेलन आयोजना गर्न लागिएको हो । 

आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा नयाँ उद्यमीहरुले नयाँ सोचका साथ नयाँ काम तथा उद्यम गर्न सिकाइने बताइएको छ । सम्मेलनमा नेपालीसहित अमेरिका, फिनल्याण्ड, मलेसिया, सिंगापुर, चीन, थाइल्याण्ड, भारत, बंगलादेशसहित ३२ जना अन्तर्राष्ट्रिय स्पीकर आउने जनाइएको छ ।

आयोजकका अनुसार सम्मेलनमा ६० जना भन्दा बढी लगानीकर्तासहित १ हजार ५ सय जनाको सहभागिता रहने छ ।