
एनआरएनए आरसी चाइनाको सहयोगमा फाउन्डेसनले लालबन्दी नगरपालिका र बागमती नगरपालिकाका विभिन्न वडामा चिसोबाट कठ्यांग्रिएका मुसहर, विपन्न र दलित परिवारलाई प्रतिपरिवार दुईथानका दरले कम्बल वितरण गरेको हो ।
यस्तै, फाउन्डेसनले सर्लाहीको घुर्कौलीमा रहेको द्वन्द्वपीडित बालगृह र हरिवनमा रहेको सर्भिस फरपिस नेपाल सुखेपोखरीद्वारा सन्चालित बालगृहमा पनि कम्बल वितरण गरेको जनाइएको छ ।
हास्यकलाकार एवं सामाजिक अभियन्ताद्वय सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ आफैं उपस्थित भइ चिसो प्रभावितलाई कम्बल वितरण गरेका हुन् ।
लालबन्दी नगरपालिका–५ रन्जितपुरमा मुसहरहरुलाई कम्बल वितरण गर्दै धुर्मुसले समस्यामा परेका विपन्न परिवारलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताए ।
प्रतिक्रिया दिनुहोस्