आयोगलाई वाम गठबन्धनको चेतावनीपूर्ण आग्रह, कानुनको उपेक्षा गर्न सकिन्न : प्रमुख आयुक्त • Image Khabar Image Khabar


आयोगलाई वाम गठबन्धनको चेतावनीपूर्ण आग्रह, कानुनको उपेक्षा गर्न सकिन्न : प्रमुख आयुक्त


Imagekhabar
१७ पुष २०७४, सोमबार १८:१६

आयोगलाई वाम गठबन्धनको चेतावनीपूर्ण आग्रह, कानुनको उपेक्षा गर्न सकिन्न : प्रमुख आयुक्त

नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङको नेतृत्वमा सोमबार निर्वाचन आयोग गएका एमाले र माओवादी केन्द्रका नेताहरुले प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरुलाई भेटेर छिटो चुनावी परिणाम सार्वजनिक गर्न आग्रह गरेका हुन् ।

वाम गठबन्धनका नेताहरुले निर्वाचन परिणाम थन्क्याएर राख्दा भविष्यमा उत्पन्न हुने समस्यातर्फ ध्यान दिन चेतावनीपूर्ण आग्रह गरेका छन् ।

छलफलमा आयोगका पदाधिकारीहरुले भने परिणाम सार्वजनिक गर्न विलम्ब गर्ने आफूहरुको कुनै मनसाय नरहेको दाबी गर्दै प्रक्रिया पुर्‍याएर छिट्टै परिणाम सार्वजनिक गर्ने बताएको एमाले उपाध्यक्ष भीम रावलले जानकारी दिए ।

यसअघि, सोमबारै नेकपा एमाले र माओवादी केन्द्रका भ्रातृसंगठनहरुले पनि तत्काल प्रतिनिधिसभा समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक गर्न माग गर्दै प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवलाई ज्ञापनपत्र बुझाएका थिए ।

ज्ञापनपत्र बुझ्दै प्रमुख आयुक्त यादवले कानुनको उपेक्षा गरेर मतपरिणाम सार्वजनिक गर्न नसकिने बताएका थिए ।

गत मंसिर १० र २१ गते भएको प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको मतपरिणाम सार्वजनिक भएपनि समानुपातिकतर्फको अन्तिम मतपरिणाम सार्वजनिक भएको छैन ।

आयोगलाई वाम गठबन्धनको चेतावनीपूर्ण आग्रह, कानुनको उपेक्षा गर्न सकिन्न : प्रमुख आयुक्त

प्रतिक्रिया दिनुहोस्