तुइन चुडिँदा १ जनाको मृत्यु, २ घाइते • Image Khabar Image Khabar


तुइन चुडिँदा १ जनाको मृत्यु, २ घाइते


Imagekhabar
१७ पुष २०७४, सोमबार २०:०६

तुइन चुडिँदा १ जनाको मृत्यु, २ घाइते

घटनामा अन्य दुईजना घाइते भएका छन् । तुइन चुडिएर मोहन्याल गाउँपालिका–६ सोल्टाका टेकबहादुर विष्टको आइतबार घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विनोद घिमिरले जानकारी दिए ।

नदीमाथिको तुइन (फेरी) तर्ने क्रममा अचानक ‘लक’ चुडिएपछि तीनैजना नदीको किनारामा खसेर दुर्घटनामा परेको बताइएको छ । घटनास्थलमा सन्चारको सुविधा नभएको र भौगोलिक रुपमा विकट क्षेत्र रहेकाले घटनाको जानकारी पनि ढिलो गरी प्राप्त भएको हो ।

दुर्घटनामा परी घाइते भएका स्थानीय सुमन बोहरा र तारा अधिकारीलाई थप उपचारका लागि कोहलपुर लग्न सिफरिस गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्