१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


मध्यराति काठमाडौंको तीनकुनेमा स्कुटर दुर्घटना, चालकको मृत्यु


0
Shares

महानगरीय प्रहरी बृत्त बानेश्वरका अनुसार सबा १२ बजे राति अनियन्त्रित भइ बा२२ प ७४०१ नम्बरको स्कुटर दुर्घटना हुँदा चालक गोपाल आलेको मृत्यु भएको हो ।

ललितपुर लुभु बस्दै आएका उदयपुरको गाइघाट घर भएका ४९ वर्षीय आलेलाई गम्भीर घाइते अवस्थामा फेला पारी उपचारका लागि सिभिल अस्पताल मीनभवन पठाइएकोमा अस्पतालमा उनको निधन भएको प्रहरीले जनाएको छ ।