३१ जेष्ठ २०८२, शनिबार | Sat Jun 14 2025


अमेरिकाले पाकिस्तानलाई अर्बौ डलर सहयोग गरिरहे पनि धोका दियो: ट्रम्प


0
Shares

राष्ट्रपति ट्रम्पले पछिल्लो १५ वर्षमा अमेरिकाले पाकिस्तानलाई अर्बौं डलरको सहायता गरेको तर उसले अमेरिकालाई धोका दिएको आरोप लगाएका हुन् ।

उनले ट्वीट गर्दै पाकिस्तानलाई आर्थिक सहायता दिनु मुर्खतापूर्ण निर्णय भएको बताएका छन् ।

ट्वीटमा उनले पछिल्ला १५ वर्षमा अमेरिकाले ३३ अर्ब डलर भन्दा बढी आर्थिक सहायता दिएको तर पाकिस्तानले त्यसको बदलामा धोका, झुठ र छल बाहेक केही नदिएको उल्लेख गरेका छन् ।

राष्ट्रपति ट्रम्पले पाकिस्तानले अफगानिस्तानका आतंकवादीलाई आश्रय दिएको आरोप पनि लगाएका छन् ।

यसैबीच पाकिस्तानका विदेश मन्त्री ख्वाजा आसिफले भने अमेरिकी राष्ट्रपति ट्रम्पको ट्वीटको जवाफ चाँडै दिने बताएका छन् ।

उनले ट्वीट गर्दै आफूहरुले विश्वलाई साँचो कुरा बताइदिने तथा तथ्य र कल्पनाबीचको फरक पनि बाहिर ल्याउने उल्लेख गरेका छन् । (एजेन्सी)