बागलुङमा आगलागीबाट दुई घर जले • Image Khabar Image Khabar


बागलुङमा आगलागीबाट दुई घर जले


Imagekhabar
१८ पुष २०७४, मंगलवार १०:२९

बागलुङमा आगलागीबाट दुई घर जले

स्थानीय गणेश बुढा र रामबहादुर घर्तीका पक्की तीनतले घर पूर्णरुपमा नष्ट भएको प्रहरीले जनाएको छ । दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय, बुर्तिबाङका प्रहरी निरीक्षक कृष्ण रानाले बताए ।

आगलागीको घटनामा भएको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेपनि मानवीय क्षति भने नभएको उनको भनाइ छ ।

आगलागीको कारण खुल्न नसके पनि विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ । समयमै आगलागी नियन्त्रणमा लिइएका कारण अन्यत्र फैलन नपाएको प्रहरीको भनाइ छ । (रासस)

प्रतिक्रिया दिनुहोस्