हरिवन बजारको दास इम्पोरियममा आगलागी, करिब ६५ लाख रुपैयाँको क्षति « Image Khabar


हरिवन बजारको दास इम्पोरियममा आगलागी, करिब ६५ लाख रुपैयाँको क्षति



विद्युत् सर्ट भएर आज बिहान आगलागी हुँदा करिब ६५ लाख रुपैयाँ बराबरको कपडा जलेर नष्ट भएको इम्पोरियमका सञ्चालक सुरेश दासले जानकारी दिए ।

सदरमुकाम मलंगवा र रौतहटको चन्द्रनिगापुरबाट आएका दमकल, सुरक्षाकर्मी र स्थानीयले आगलागी नियन्त्रणमा लिएका छन् ।

तत्कालै आगो नियन्त्रणमा लिन सफल भएकाले अरु पसलहरुमा क्षति हुन नपाएको ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक रामकाजी थापाले जानकारी दिए ।