
सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुरमा गएराति घाँटीमा भात अड्किएर महोत्तरी, लक्ष्मीनियाँका ६० वर्षीय टेकबहादुर तामाङको मृत्यु भएको हो ।
प्रहरीका अनुसार लालबन्दी–१ नवलपुरका उपेन्द्र चालिसेको निर्माणाधिन घरका कामदार तामाङले गएराति खाना खानेक्रममा घाँटीमा भात अड्किएको थियो ।
राति १० बजे भात खानेक्रममा तामाङको घाँटीमा भातको गाँस अड्किएपछि उनलाई उपचारका लागि अस्पताल लैजानेक्रममा बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्