Logo ११ कार्तिक २०८२, मंगलबार | Tue Oct 28 2025


नागरिक उड्डयन ‘टुक्रिने’


0
Shares

वायुयान सन्चालन नियमनकारी निकायकारुपमा रहेको हालको क्यानलाई नियमन गर्ने र पूर्वाधार विकास गर्ने छुट्टै निकाय बनाउने तयारी भएको छ ।

क्यानको यही पुस १६ गते सम्पन्न १९औं वार्षिकोत्सवका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले क्यानलाई थप व्यावसायिक र प्रभावकारी नियामक निकायकारुपमा अघि बढाउन भिन्न स्वायत्त निकाय बनाउन लागिएको जानकारी दिएका थिए ।

१९ वर्षअघि स्थापित क्यानले प्राधिकरण ऐन, २०५३ बमोजिम राज्यद्वारा प्रदत्त उडान र हवाई सुरक्षा, उड्डयन सन्चार, परिवहन–निगरानी तथा विमानस्थल पूर्वाधार विकास, विस्तारका साथै जहाज परिवहन सेवा सन्चालनको जिम्मेवारी बहन गर्दै आएको छ ।

‘क्यानको संस्थागत व्यवसायीकरण र नियमनमा सुधार गर्ने कुरा पहिलादेखि उठेको विषय हो । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को नीति र सिद्वान्तअनुसार नियमन गर्ने संस्थालाई थप व्यावसायिक र प्रभावकारी बनाउन खोजिएको हो, यसले थप व्यावसायिक, दक्ष जनशक्ति र उच्च प्रविधिमैत्री बनाउन सहयोग पुग्छ’–उनले भने ।

सचिव न्यौपानेकाअनुसार क्यानलाई नयाँ विमानस्थल बनाउने र स्तरोन्नति गर्ने काम प्रभावकारी बनाउनकेन्द्रित गर्ने छुट्टै संस्था बनाइने र वायुसेवा कम्पनीलाई प्रभावकारी अनुगमन र नियमन गर्ने अर्को संस्था बनाइने कार्यलाई पूर्णता दिनैपर्नेछ ।

क्यान कर्मचारी ट्रेड युनियनका प्रतिनिधि श्रवणकुमार यादवले क्यानलाई फुटाएर संस्था समाप्त गर्न खोजिएको हो कि भन्ने गुनासो सार्वजनिक कार्यक्रममै गरेपछि जवाफमा सचिव न्यौपानेले आइकाओको मापदन्डअनुसार काम अघि बढाउनैपर्ने भएकाले कर्मचारीको हितलाई ध्यानमा राखी संस्थालाई व्यावसायिक बनाउने उद्देश्यका साथ यसको विधेयक प्रक्रियालाई चाँडो अघि बढाउन क्यान पदाधिकारीलाई आग्रह गरे । रासस