२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


प्रदेश–५ को अस्थायी राजधानी रुपन्देही हुनुपर्छ : रुपन्देही कांग्रेस


0
Shares

कांग्रेस रुपन्देहीले भौतिक पूर्वाधार तथा जनघनत्वको हिसाबलेसमेत ५ नम्बर प्रदेशको राजधानी रुपन्देही उपयुक्त हुने ठहर गर्दै सरकारले सुरुमा तोक्ने अस्थायी राजधानी रुपन्देहीमा तोक्न माग गरेको हो ।

कांग्रेस रुपन्देहीको मगंलबार भैरहवामा बसेको जिल्ला कार्यसमितिको बैठकले पहाडी जिल्लालाई पायकपर्ने तथा प्रदेश सरकार सन्चालनका लागि भौतिक पूर्वाधारमासमेत रुपन्देही सक्षम रहेकाले प्रदेशको अस्थायी राजधानी रुपन्देहीलाई तोक्नुपर्ने निर्णय गरेको सचिव रामकृष्ण खाँणले जानकारी दिए ।

प्रदेश मन्त्रालयका लागि भवन, सडक सञ्जाल, अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्धको जन्मस्थल लुम्बिनीजस्ता कारणले राजधानीका लागि रुपन्देही उपयुक्त हुने भएकाले ५ नम्बर प्रदेशको अस्थायी राजधानी रुपन्देही तोकिनुपर्ने सचिव खाँणले बताए ।

बैठकले जिल्लाका पाँचओटै निर्वाचन क्षेत्रमा पार्टीका उम्मेदवारलाई असहयोग गर्नेहरुको नामावली संकलनका लागि क्षेत्र, नगर तथा बुथहरुलाई पत्राचारसमेत गरेको छ ।

बुथ, नगर तथा क्षेत्रमा प्रयाप्त समीक्षा गरी १५ दिनभित्र असहयोगीहरुको नाम जिल्लामा पठाउन निर्देशन दिइएको सचिव खाँणले जानकारी दिए ।